पुरूषलाइ पुरूषले नै बलात्कार !

सेयर गर्नुहोस्
  • 17
    Shares

झापा, फागुन ३
झापाको कनकाई नगरपालिका ७ स्थित बिरिङ नदीको लुकुनी खाडीमा दुई युवाको बलात्कारबाट एक युवक सख्त घाइते भएका छन ।शनिबार बेलुकी ७ बजेको समयमा कनकाई नगरपालिका ६ का १९ बर्षिय पारस तामाङ र कनकाई ७ का २१ बर्षिय विनोद टुडुले कनकाई ७ का ३० बर्षिय एक युवकलाई खोला किनारामा अप्राकृतिक यौन कृयाकलाप गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते युवकको हाल बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भैइरहेको छ ।अप्राकृतिक यौन क्रियाकलापमा संग्लन दुबैलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । उनले घटनामा संलग्न भनिएका दुवैलाई पक्राउ गरेपनि घाइतेका तर्फबाट उजुरी नपरेको जानकारी दिए ।