दमकमा आजदेखि धिमाल फूड फेष्टीवल

सेयर गर्नुहोस्
  • 10
    Shares

दमकमा अाजदेखि प्रारम्भ भएको चिचिरी,गेन्द्राे दिवस अर्थात धिमाल फूड फेष्टीवलकाे, प्रदेश-१ का अान्तरिक मामिला तथा कानुन मन्त्री श्री हिक्मत कार्कीले चेरामा दियाे बालेर र पछि “धिमाल फुड फेष्टिवल”लेखिएको बेलुनकाे पुञ्जलाई उडाएर उद्घाटन गर्नुभयो।

 माघ २७ गते देखि फागुन १ गते सम्म ५ दिन चिचिरी गेन्द्रो दिवसको रुपमा फुड फेष्टिबलको आयोजना गर्न लागेको हो ।

फेष्टिबल आयोजक समिति संयोजक शान्ति देवी धिमालका अनुसार फेष्टिबलमा २० ओटा स्टल रहने छन् भने ति स्टलमा विभिन्न जातिय खानाहरु विक्री तथा प्रदर्शन गरिने छ । फेष्टिबलमा आकर्षणका लागि दैनिक विभिन्न राष्ट्रिय कलाकालहरुको प्रस्तुती रहने केन्द्रका केन्द्रिय सदस्य मणिराज धिमालले जानकारी दिए । चिचिरी धिमाल समुदायमा विसेश प्रकारको चामलबाट पकाईने र गेन्द्रो पिठोबाट पकाईने परिकार हो । यिनैको नामबाट महोत्सवको नामाकरण गरिएको केन्द्रिय सदस्य अजितकुमार धिमालले जानकारी दिए ।  धिमाल समुदायका विभिन्न खाद्य परिकारहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले फेष्टिबलको आयोजना गरिएको केन्द्रका अध्यक्ष लोकबहादुर धिमालले जनाए । दमक नगरपालिकाको मुख्य प्रायोजन रहने फेष्टिबललाई झापा तथा मोरङ्का विभिन्न स्थानीय तहले सहयोग गरेका छन् ।