सूर्यदर्शन सहकारीद्वारा सदस्यलाई निशुल्क दुर्घटना बिमा

सेयर गर्नुहोस्

झापा, माघ २०:दमक ६ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सोमबारदेखि आफना सदस्यहरुका लागि पाँच लाखको निशुल्क दुर्घटना बीमा कार्यक्रम ल्याएको छ ।
संस्थाले पाँच लाख रुपैयाँ सम्मको दुर्घटना बीमा गरिदिने कार्यक्रम ल्याएको हो ।
न्यूनतम १० कित्ता शेयर भएका संस्थामा नियमित बचत गर्ने सदस्यहरुलाई यो कार्यक्रममा समावेश गराइने संस्थाले जनाएको छ ।
सो कार्यक्रममा नियमित मासिक बचत गर्ने तथा संस्थामा नियमानुसार बुझाउनु पर्ने रकम नियमित बुझाएका सदस्यहरुले यो सुविधा पाउने संस्थाका कर्जा प्रमुख इश्वर नेपालले जानकारी दिए ।
संस्थाले सो कार्यक्रममा सहभागी हुन सहकारीको बजार शाखाका कर्मचारी वा संस्थामा सोझै सम्पर्क गर्नुपर्ने जनाएको छ ।