बालबृद्धाश्रममा मनिषाको सहयोग

सेयर गर्नुहोस्
  • 10
    Shares

दमक,माघ ११
दमककी मनिषा राई एवईले दमक ९ को अनाथ बालबृद्धाश्रमका आश्रय लिइरहेकालाई लत्ताकपडा सहयोग गरेकी छिन् । अमेरिकामा बस्दै आएकी उनले त्यहाँ बसेका बालबालिकाहरुका लागि ६ थान ओढ्ने फाइवर सिरकसहित ५० केजी चामल, ४ लिटर खानेतेल, ५ केजी चिनी, ५ केजी दाल,साबुन, व्रस लगायतका सामग्री सहयोग गरेकी हुन् ।सहयोग हस्तान्तरण कार्यक्रम कमल ५ स्थित नन्द चन्द्रकुमारी आङदेम्बे स्मृति प्रतिष्ठानको संयोजनमा भएको थियो ।
ती सहयोग सामाग्रीहरु दमक ९ का वडाध्यक्ष राम बहादुर धिमाल,प्रतिष्ठानका सचिव विष्णु सुब्बाले आश्रम सञ्चालक समितिकी उपाध्यक्ष मन्दरा पौडेल र कोषाध्यक्ष मेनुका बुढाथोकीसहित बालबालिकाहरुलाई हस्तान्तरण गरेका थिए ।
सो आश्रममा १६ जना असहाय तथा विपन्न वर्गका बालबालिकाहरु आश्रित छन । कार्यक्रममा वडाध्यक्ष धिमाल र आश्रमका तर्फबाट सञ्चालक समिति उपाध्यक्ष पौडेलले सहयोगी दाताप्रति धन्यवाद प्रकट गरेका थिए ।