सुपर सिक्स क्रिकेटको उपाधी काकडभिट्टालाई

सेयर गर्नुहोस्
  • 14
    Shares

झापा, माघ १०
शिवसताक्षीमा सम्पन्न प्रथम मदन भण्डारी सुपर सिक्स क्रिकेट प्रतियोगीताको उपाधी काकडभिटा क्रिकेट क्लबले जितेको छ । बिडिपी युनाइटेलाई हराउदै काकडभिटाले उपाधी माथि कब्जा जमाएको हो ।
काकडभिटाले ३३ रनले पराजित गरेको थियो । यस्तै प्रतियोगीतामा शिवसताक्षी ११ दोस्रो भएको थियो । पहिलो हुने टिमले नगद २५ हजार मेडल र टफि हात पारेको थियो । यस्तै दोस्रो हुने शिवसताक्षी ११ ले १५ हजार मेडल र टफि प्राप्त गर्यो । मदन भण्डारी स्पोर्टस एकेडेमीले गरेको प्रतियोगीताको उत्कृष्ट खेलाडी युनाइटेडका सन्तोष मल्लिक घोषित भए । यस्तै उत्कृष्ट बलर युनाइटेडका दिपेन योगी, उत्कृष्ट ब्याटसमेन शिवु राजबंशी घोषित भएको एकेडेमीका जिल्ला सदस्य सन्तोष पौडेलले जानकारी दिए । प्रतियोगीताकाे समापनमा प्रमुख अतिथि शिवसताक्षी खेलकुद विकास समितिका अध्यक्ष फुर्वा लामाले पुरस्कार हस्तान्तरण गरे । समापन कार्यक्रमको सभापतित्व नगर अध्यक्ष सुजन भेटवाल र सञ्चालन अर्जुुुन राईले गरेेेेका थिए। शुक्रबार शुरु प्रतियोगीताको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले उद्घाटन गरेका थिए ।