सेयर गर्नुहोस्
- 40Shares
झापा, माघ १०
झापाको दमक– ८ स्थित सेतुमारी रोडबाट दुई जना लागुऔषध खैरोहिरोईन ब्राउनसुगरसहित पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ रतुवामाई– २ का २१ वर्षीय कनैया गनगाई र रतुवामाई– ८ का २० वर्षीय राजकुमार गनगाई छन् ।
उनीहरुको साथबाट ३६ ग्राम खैरोहिरोईन ब्राउनसुगर बरामद भएको छ ।
यस्तै झापाको मेचीनगर– ६ स्थित मेचीपुलबाट मोरङ उर्लावारी– २ का ३१ वर्षीय सुजन परियार लागुऔषध सहित पक्राउ परेका छन् । शुक्रबार लुपिजेसिक १० एम्पुल, फेनारागन १० एम्पुल र डाइजेपाम १० एम्पुल लागुऔषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित पक्राउ परेका चारै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।