अबैध काठसहित चालक र ट्रक समातिए

सेयर गर्नुहोस्
  • 19
    Shares

झापा, माघ १०
झापाको दमकबाट प्रहरीले अबैध रुपमा ल्याइएको सालको काठ बरामद गरेको छ । काठ ढुवानीमा प्रयोग भएको सबारी साधन र चालक समेत पक्राउ गरिएको छ । आज बिहान २ बजेको समयमा दमक ४ कृष्णमन्दिरबाट उत्तर लाग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय दमक र ताराबारीमा पोष्टले ९९ किवी साल जातको काठ बरामद गरेको हो ।
को १ ख ३०६२ नम्बरको ट्कमा लुकाइ ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले ट्रक ड्राइभर इलाम नगरपालिका २ का गणेश राईलाई समेत नियन्त्रणमा लिएको छ ।