ओलीकाे गृहनगरमा प्रचण्ड नेपाल समुहको भेला

सेयर गर्नुहोस्
  • 82
    Shares

झापा, माघ ६
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा नेकपा प्रचण्ड नेपाल समुहले शक्ति प्रदर्शन गरेको छ । भेलामा पूर्व माओवादी र तत्कालीन एमाले नेपाल समुहका कार्यकर्ता सहभागी थिए । ओलीकै गृहनगरमा शक्ति प्रदर्शन गरेर अर्को समुहले चुनौति दिएको छ । तत्कालीन माओवादीको कार्यालयमा भएको भेलामा नेकपा केन्द्रीय सदस्य रामकुमारी झाक्रीले सम्बोधन गरेकी थिइन् । ओली बिरुद्ध कडा रुपमा प्रस्तुत भएकी उनले निरंकुश राजसंस्थालाई घुँडा टेकाएका नेपाली जनताले केपी ओलीको निरंकुशतालाई पनि पराजित गर्ने दाबी गरिन् । संसद बिघटन गर्ने असंबैधानिक कदम नसच्चिए मुलुक अझै दुर्घटनामा जाने बताएकी छिन् । झाक्रीले नेपाली जनताले बलिदान दिएर ल्याएका अहिलेका उपलब्धिहरु प्रधानमन्त्री ओलीका कारण गुम्ने खतरा रहेको बताईन् । भेलामा नेकपाका अर्का केन्द्रीय सदस्य झापा इञ्चार्ज रविन कोइराला, सह इन्र्चाज धर्मशिला चापागाइँ, जिल्ला सचिव मणि राईले सम्बोधन गरेका थिए ।