प्रदेश १ : प्रचण्ड-माधव समूहको संसदीय दलको बैठकमा ३३ सांसद सहभागी

सेयर गर्नुहोस्
  • 14
    Shares

विराटनगर, माघ ६
नेकपा प्रचण्ड माधव समूहको संसदीय दलको बैठक सुरु भएको छ ।

बुधबारबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि होटल एसियाटिकमा छलफल सुरु भएको हो । बैठकमा ३३ जना प्रदेशसभा सदस्य सहभागी छन् । मंगलबारका लागि बोलाइएको ओली समूहको संसदीय दलको बैठक भने स्थगित भएको छ ।

प्रदेशसभाका ९३ सदस्यमध्ये नेपाल कम्युनिस्ट पार्टीका ६७ जना सांसद छन् । ६७ मध्ये प्रचण्ड-माधव समूहको बैठकमा ३३ जना सहभागी भएका हुन् । प्रचण्ड माधव समूहले आफूहरुलाई ४५ सांसदको समर्थन रहेको दावी गर्दै आएको छ । बुधबार दिउँसो २ बजेबाट सुरु हुने छलफलका लागि तयारी गर्न नेपाली काङ्ग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले मङ्गलबार ११ बजे तयारीका लागि संसदीय दलको बैठक बोलाइएको बताए । काङ्ग्रेसको बैठक प्रदेशसभा सचिवालय भवनमा हुनेछ ।