कमल खाेलामा दुर्घटना, एक जनाको मृत्यु

सेयर गर्नुहोस्
  • 108
    Shares

झापा, पुस २६:झापाको शिवसताक्षी नगरपालिकामा एक जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको छ ।

शनिबार राति साढे ८ बजेतिर भएको सवारी दुर्घटनामा परेर शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का छबिरमण ढकालको मृत्यु भएको हो । झापाको दमकबाट मोटरसाइकलमा पूर्वतर्फ आउँदै गरेका ३८ वर्षीय ढकाल को घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार शिवसताक्षी नगरपालिकाको वडा नम्बर १ स्थित धरमपुर कमल खोला सडक खण्डमा दुर्घटना भएको हो । उनले चलाएकाे माेटर साइकल र उनलाइ ठक्कर दिने सवारी साधनकाे पहिचान भएकाे छैन । उनकाे शव अस्पतालमा राखिएकाे छ ।