रत्न बृद्धाश्रमा श्रेष्ठ परिवारद्वारा सहयोग

सेयर गर्नुहोस्
  • 114
    Shares

झापा, पुस २४: झापा दमक ६ कि पवित्रा श्रेष्ठले दमक ९ मा रहेको रत्न बृद्धाश्रममा सहयोग हस्तान्तरण गरेकी छिन् । उनको श्रेष्ठ माछा फ्राइकि कर्मचारी गाैरीमाया तामाङकाे स्मृतिमा आश्रममा खाद्यान्न, लत्ताकपडा हस्तान्तरण गरेकी हुन् । एक महिनालाई पुग्ने चामल, दाल सहितका खाद्यान्न हस्तान्तरण गरिएको हाे । यस्तै त्यहाँ रहेका छ जना बृद्धअबश्थाका बृद्ध,बृद्धालाइ लत्ताकपडा हस्तान्तरण गरिएको श्रेष्ठले बताइन् । तामाङकाे २०७६ पुस ४ निधन भएको थियोे । कार्यक्रममा प्रसन्न श्रेष्ठ र प्राश्ना श्रेष्ठले लत्ताकपडा, खाद्य सामाग्री हस्तान्तरण गरेका थिए ।