दमकमा थप संक्रमितको संख्या शून्य, क्वारेन्टाइन समेत बन्द

सेयर गर्नुहोस्
  • 152
    Shares

झापा, पुस २३: दमकका सबै क्वारेन्टाइन बन्द गरिएको छ । दाहाल प्रतिष्ठान, साइन्स ल्याबसहितका क्वारेन्टाइन बन्द भएका हुन् । काेभिड अस्पतालमा पनि बिरामी निकाे भएर फर्किएका छन् । अहिले अस्पतालमा बिरामी छैनन् । अहिले २२ जना मात्रै सकृय संक्रमित छन् । मंगलबार धरानकाे वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षणका लागि पठाइएका सबै ३५ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । काेभिड अवधि भर दमकमा ९ महिला सहित ३५ जनाको मृत्यु भएको थियोे । दमकमा अहिलेसम्म ११८४ जनामा काेराेना संक्रमण देखिएको छ । ती मध्ये २२ जना सकृय संक्रमित छन् ।