दमक मालपोतमा पत्रकार माथि कुटपिट (भिडियो सहित)

सेयर गर्नुहोस्
  • 124
    Shares

झापा,मंसिर १६: मालपोत कार्यालय दमकमा पत्रकार खगेन्द्र घिमिरे माथि सांघातिक आक्रमण भएको छ । मालपोतका कर्मचारीले घुस लिएको प्रमाण सहित रिपोर्टिङमा पुगेका उनलाई लेखापढी व्यवसायीले कुटपिट गरेका हुन् । दिउँसो रिपोर्टिङमा पुगेका घिमिरेले कर्मचारीले घुस लिएको प्रमाण सहित पेश गर्दा व्यवसायीले कुटपिट गरेका हुन् । कुटपिट गर्ने बिरुद्ध घिमिरेले किटानी जाहेरी समेत इलाका प्रहरी कार्यालय दमकमा दर्ता गरेका छन् । अनुसन्धान अनलाइन टिभीमा कार्यरत उनलाई मालपोत कार्यालयका प्रमुख तारानाथ दंगालकाे कार्यकक्षमा कुटपिट गरेका हुन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।