गाैरादहमा थप एक संक्रमितको मृत्यु, मृतकको संख्या १३ पुग्यो

सेयर गर्नुहोस्
  • 43
    Shares

झापा, मंसिर १३: गौरादह नगरपालिकामा थप एक संक्रमितको मृत्यु भएको छ । गाैरादह वडा नं १कि ८५ वर्षिय पदम कुमारी न्यौपानेको काेराेना संक्रमणबाट मृत्युु भएको हाे । उनको मंसिर १२ गते काेराेना पाेजेटिभ भएको रिपोर्ट प्राप्त भएको थियोे । रिपोर्ट आएकैै दिन उनको मृत्यु भएको गाैरादह नगरपालिका स्वास्थ्य शाखा सहसंयाेजक गाेविन्द श्रेष्ठले जानकारी दिए । उनको विराटनगर नाेबल अस्पतालमा उपचार भइरहेको थियोे । स्वास्थमा सुधार नभए पछि अस्पतालबाट घरमै ल्याइएको थियोे । न्याैपानेकाे मंसिर १२ गते राति मृत्यु भएको हाे ।गाैरादहमा अहिलेसम्म काेराेना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । २१९ जनामा संक्रमणदेखिएकाे गाैरादहमा ११३ संकृय संक्रमित छन् ।