झापामा १०० काेराेना संक्रमितकाे मृत्यु

सेयर गर्नुहोस्
  • 26
    Shares

झापा, मंसीर १०
झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०० पुगेको छ । आज कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएसँगै झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०० पुगेको हो । आज मृत्यु हुनेमा भद्रपुर–७ की ६५ वर्षीय महिला रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ४१ महिला र ५३ पुरुष रहेका छन् ।

आज थपिएका संक्रमितहरु सबै स्थानिय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरु भद्रपुरका २२, दमकका ११, बिर्तामोड र अर्जुनधाराका ५–५, गौरादह, मेचीनगर, कन्काई, हल्दिबारीका र बुद्धशान्तिका २–२, बाह्रदशी र गौरिगञ्जका १–१, शिवसताक्षीका ३, झापाका ३४ र अन्य ठेगाना भएका २ जना गरि ९४ जना रहेको स्वास्थ्य कार्यालय झापाका फेकल पर्सन जीवन चौलागाईंले बताए।

योसँगै हाल झापामा कुल संक्रमितको संख्या तीन हजार ५६६ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या दुई हजार ३५० रहेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या एक हजार ११६ जना रहेको छ ।