काठमाडौंबाट गगन पुरी पक्राउ

सेयर गर्नुहोस्
  • 93
    Shares

झापा, मंसिर ९: नेकपाका प्रदेश कमिटी सदस्य गगन पुरी पक्राउ परेका छन् । सम्पत्ति सुदृढीकरण अनुसन्धान बिभागले उनलाई नियन्त्रणमा लिएको हाे । पुरी बयानका लागि बिभाग पुगेका थिए । पुरीका अनुसार उनलाई १५ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भनिएको छ । दमक ८ बालुवाटारकाे सरकारी जग्गा ब्यक्तिकाे नाममा सारिएको अभियाेगमा उनलेे मुद्दा खेपिरहेका थिए । मंगलबार बिहानै उनी काठमाडौ पुगेका थिए । पुरीले राजनीतिक प्रतिशाेध साधिएकाे सक्षिप्त प्रतिक्रिया दिए ।