झापा, मंसिर ७: झापामा आज ४९ जना संक्रमित थपिएका छन् । केहिदिन अघि संक्रमित भएकामध्ये ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका १२ वटा पालिकामा १६ महिला र ३३ जना पुरुषसहित ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मेचीनगर नगरपालिकामा १ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा १ महिलासहित ३ जना, भद्रपुर नगरपालिकामा ३ महिलासहित ९ जना, अर्जुनधारा नगरपालिकामा २ महिलासहित ४ जना, कनकाई नगरपालिकामा १ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । यसैगरी, शिवसताक्षी नगरपालिकामा २ महिलासहित ६ जना, गौरादह गाउँपालिकामा २ जना पुरुष, गौरीगञ्ज गाउँपालिकामा १ जना महिला, कमल गाउँपालिकामा ३ महिलासहित ७ जना र बाह्रदशी गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् । त्यस्तै आज मृत्यु हुनेमा १ महिला र २ जना पुरुष छन् । कनकाई–३ का ७३ वर्षीय पुरुष, मेचीनगर–४ का ४५ वर्षीय पुरुष र भद्रपुर–४ की ६० वर्षीया महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ । झापामा हालसम्म ३२ हजार ३४७ जनाको स्वाब संकलन गरिएको छ भने ३ हजार २७१ जना संक्रमित छन् । जिल्लामा हालसम्म ९४ जनाको मृत्यु भइसकेको छ । अलिेसम्म सकृय संक्रमित ९१७ र निको भएर घर फर्किएका २ हजार २६० जना रहेको चौलागाईले जानकारी दिए ।
सेयर गर्नुहोस्
७ मंसिर २०७७, आईतवार १७:५८