शहरी विकास मन्त्री झापा आउदै, योजनाको अनुगमन गरिने

सेयर गर्नुहोस्

झापा, मंसीर ६
शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ भोली झापा आउने भएका छन् । झापा ५ का मन्त्रालय अन्तर्गतका योजनाको अनुगमनका लागि झापा आउने भएका हुन् । नेकपा झापाका कार्यालय सचिव शिव ढुगेँलका अनुसार ११ बजे श्रेष्ठ भद्रपुरमा झरेपछी झापाको दमक, कमल, गौरादह, गौरीगन्जका कार्यक्रमा सहभागी हुनेछन् । मन्त्री श्रेष्ठले दमकमा निर्माण भइरहेको भ्यु टावर, बहुतले बसपार्क, सभाहल, चुलाचुली सडकको अनुमगन गर्ने छन् । प्रधानमन्त्री निकट श्रेष्ठले दमकमा कार्यकर्तासँग भेटघाट समेत गर्ने छन् । कमलमा जनता आवास कार्यक्रमको निरिक्षण, गौरादहमा आवास निरिक्षण, बजारको निरिक्षण, गौरीगन्जमा समेत आवास निरिक्षण सहितका कार्यक्रम रहेका छन् । मंसीर ९ गते सुखानीमा कार्यक्रम सकेर उनी काठमाण्डौ फर्कने छन् ।