कोरोना संक्रमणबाट दमकमा आज एक जना पुरुषको मृत्यु

सेयर गर्नुहोस्

दमक, १४ कार्तिक । कोरोना संक्रमणबाट झापाको दमकमा आज विहान एक जना पुरुषको मृत्युभएको छ । दमक ४ घर भएका ४२ बर्षिय विश्वकर्मा थरका पुरुषको स्थानीय दाहाल प्रतिष्ठानको आइसोलेसनमा उपचारका क्रममा आज विहान मृत्युभएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
चार दिन अघि संक्रमण देखिएपछि नगरपालिकाले तयार गरेका आइसोलेसनमा बसेका उनी मिगौलाका विरामी समेत रहेका स्वास्थ्य शाखाका कुवेर भट्टराईले वताए।
यससंगै दमकमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या २ महिलासहित १५ जना पुगेको छ । दमकमा हालसम्म ४०९ जनामा संक्रमण देखिएका मध्ये आधा बढी उपचार पछि जाति भएको भट्टराईले वताए । उनका अनुसार संक्रमणबाट निको हुनेको संख्या २५४ छ भने संक्रिय संक्रमितको संख्या १४३ पुगेको छ ।