डुबेर दमकमा एक जनाको मृत्यु

सेयर गर्नुहोस्
  • 58
    Shares

झापा, कार्तिक १२: झापाको दमकमा पाैडी खेल्ने क्रममा एक जनाकाे मृत्यु भएको छ । माेरङकाे मिक्लाजुङ ५ घर भएका भरत मगरका २२ बर्षीय छाेरा भरत मृत भेटिएका हुन् । उनी बुधबार १.४५ देखि दमक २ काे डम्बरे बाँधमा हराएका थिए । उनको शव ३.४५ मा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।