बागमतीका प्रदेश प्रमुख प्रसाईंलाई संक्रमण पुष्टि

सेयर गर्नुहोस्
  • 25
    Shares

झापा,कार्तिक १२: बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंमा काेराेना संक्रमण पुष्टि भएको छ । गृह जिल्ला झापामा रहेका प्रसाईं र उनका छाेरा राजेशमा संक्रमण देखिएको हाे । राजेशका अनुसार हिजो बेलुका प्राप्त रिपोर्ट अनुसार दुबै जनामा संक्रमण देखिएको छ । धाइजनमा रहेका उनीहरुले सम्पर्कमा रहने सबैलाई सर्तकता अपनाउन अनुरोध गरेका छन् । दुबै जना हेटौंडाबाट झापा आएका हुन् ।