वीपीमा थप २ संक्रमितको मृत्युु

सेयर गर्नुहोस्
  • 25
    Shares

धरान, कार्तिक १०: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक जना धरान १६ की ८३ बर्षीय वृद्धा छिन् भने अर्का मोरंगको पथरी शनिश्चरे ३ का ६३ बर्षीय वृद्ध छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान १६ की वृद्धाको आज बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको हो । मृतकलाई उच्चरक्तचापको समस्या थियो । उनलाई हिजो संक्रमण पुष्टि भएको थियो भने आजै कोभिड अस्पतालमा भर्ना गरिएको पनि प्रतिष्ठानले जनाएको छ ।

यसैगरि, पथरीका वृद्धको हिजो राती १० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतकलाई कार्तिक १ गते संक्रमण पुष्टि भएको थियो भने कोभिड अस्पतालमा ४ गते भर्ना गरिएको थियो । उनलाई मधुमेहको समस्या रहेको थियो । दुवै मृतकको शव नियमअनुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ।