गाैरादहका १ संक्रमितको मृत्यु, २ वार्डअध्यक्ष संक्रमित

सेयर गर्नुहोस्
  • 34
    Shares

गाैरादह, कार्तिक ९: गाैरादहका एक युवाको काेराेना संक्रमणबाट निधन भएको छ । गाैरादह ६ विरबल चाैकका ती युवाको मृत्यु भएको हाे । उनको दाहसंस्कार सेनाले गरिसकेको छ । नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठका अनुसार उनमा टाइफाइड समेत देखिएको थियोे ।

त्यस्तै नगर स्वास्थ्य शाखाका अनुसार गाैरादह ८ काा वार्ड अध्यक्ष भुमिराज पाेखरेलमा समेत संक्ररमण देखिएको छ । यस्तै झापा टाइम्सका अनुसार गाैरादह ९ का अध्यक्ष सिताराम भट्टराईलाई समेत संक्रमण देखिएको छ । यस्तै अरु २ जना सर्वसाधारणको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको छ ।उनका भतिजो र बुहारी समेतलाई पोजेटिभ देखिएको छ । अध्यक्ष भट्टराई अहिले होम आईसोलेसनमा छन् ।

त्यस्तै हिजो शुक्रवार गौरादहका १३ जनालाई संक्रमण पुष्टि भएको नगर स्वास्थ्य साखाले जानकारी दिएको छ ।