हिक्मत कार्कीलाई काेराेना संक्रमण

सेयर गर्नुहोस्
  • 33
    Shares

झापा, कार्तिक ७: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री कार्कीलाई हिजो पुनः गरिएको पिसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो । मन्त्री कार्कीले आफ्नो फेसबुक पेजमार्फत संक्रमण भएको सार्वजनिक गरेका हुन् । यसअघि पनि कन्ट्याक ट्रेसिङको आधारमा असोज २९ गते परिक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसबेला सामान्य रुघाखोकी लगायत असर भएको र आफु आईसोलेटड भएरै बसेको मन्त्री कार्कीले बताएका छन् ।

हाल भने आफ्नो स्वास्थ्य अबस्था सामन्य रहेको र विराटनगरस्थित निवासमा नै आइसोलेटेड भएर बसेको मन्त्री कार्कीले जनाएका छन् । साथै उनले आफ्नो निकट सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन् । प्रदेश राजधानी बिराटनगरमा आफ्नै निवासमा आईसोलेटेड भएर बसेको छु। ‘यस बिचमा मेरो निकट संम्पर्कमा रहनु भएका साथीभाई ईष्ट्मित्रहरु लाई सावधानी अपनाउन अनुरोध गर्दछु,’मन्त्री कार्कीले भनेका छन् ।