दमकमा आज एकै दिन २६ संक्रमित थप

सेयर गर्नुहोस्
  • 194
    Shares

झापा, कार्तिक ५
झापाको दमकमा एकै दिन २६ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।
संक्रमण देखिनेमा दमकको एउटै सहकारीका ३ जना छन् । यस्तै जनता समाजवादी पार्टीका एक जना नेतामा समेत संक्रमण देखिएको छ । यो रिर्पोट १५ दिन अगाडी स्वाब संकलन गरिएको हो । सरकारी तथ्यांक अनुसार दमकमा २ सय ७६ जनामा संक्रमण देखिएको छ । यस्तै ९० जना उपचाररत छन् । दमकका ८ जनाको मृत्यु भइसकेको छ दमक नगरपालिका स्वास्थ्य शाखाका कुवेर भटटराईले जानकारी दिए ।