आइसाेलेसनबाट एक संक्रमितको सन्देश

सेयर गर्नुहोस्
  • 132
    Shares

गाैरादह नगरपालिकाका वार्ड सदस्य काेमल ढुङ्गाना आइसाेलेसनबाट लेख्नछन –
नमस्कार 🙏
आज आठै दिन सम्म आई पुग्दा मलाई अहिले सम्म कोभिड 19 हुंदाको अनुभव र देखिएका लक्षण र आफुले अपनाएको बिधि यहाँहरु माझ राख्दैछु । कोरोना चाडै निको हुने अन्य केहि यहाँ हरुका सुझाब भए प्रतिक्रिया मार्फत राखिदिनु हुन सबिनय अनुरोध गर्दछु ।

पहिलो दिन देखि आठै दिन सम्म आईपुग्दा
🔥 १ – Day 1 — पहिलो दिन हल्का ज्वरो , नाक चिलाएको , घांटि खसखस अनि हल्का खोकि सहित हाछिउ आएको अबस्था अनि हल्का मनमा कोभिड होकि भन्ने शंका र भय । कसै कसैलाई vomit आहुने खाना खान मन नलाग्ने हुंदोरहेछ तर मलाई भएन ।

🔥२-Day 2 दोस्रो दिन ज्वरो आएन , छाति चसक्क चसक्क बेला बेलामा मात्र दुख्यो , शरिर जोर्नी जिउ दुख्ने गर्थियो र हल्का रुघा मात्र थियो । बुडा आमाबाबा , परिवार , समाजको चिन्ता लिई Pcr Test गर्न दमक मेडिकेयरको टिमलाई आफ्नो स्वाब दिईयो । बेलुका Covid poSitive भयो भन्ने समाचार आदरणीय प्रकाश अधिकार दाईबाट प्राप्त भए पछि माथिल्लो तलामा Home Isolation मा बसि सामाजिक संजाल मार्फत आफ्नो तत्त्कालिन स्वास्थ्य अबस्था बारे जानकारी गराईयो ।

🔥३ — Day 3 तेस्रो दिन रुघा, मर्कि हल्का मात्र थियो अरु कुनै लक्षण थिएन तर नुन र अकबरे खोर्सानिको स्वाद जिब्रोले थाहपाएन ।
🔥४- Day 4 चौथो दिन आज पहिला कै सामान्य जिबन Normal स्वस्थ्य जिबनमा प्रवेश । रुघा, मर्कि ,ज्वरो, खोकि नभएको अबस्था ।
..❗️…
🔥Day 5 पाँचौ दिन पुर्ण स्वास्थ शरिर भएको अबस्था -/
🔥 Day 6 छैटौं दिन कोरोना समन्धि कुनै लक्षण छैन पुर्ण स्वास्थ भएको अबस्था
🔥 Day 7 सातौ दिन पुर्ण स्वास्थ भएको र केहि समस्या नभएको अबस्था ।

👉️सुरुवात देखि संक्रमित हालको अबस्था सम्म आईपुग्दा आफुले अपनाएको दैनिकि ,खानपिन , औसधि , जडिबुटी र बिधिहरु 👇️ 👈️

🎈 बिहान कागति पानी , सुख्खा रोटी मह ,जडिबुटि चिया त्यसपछि खाना , झोलिलो तातो पेय पदार्थ , अनि मध्याह्नमा फलफुल , दिउसो नास्ता सुप बिच बिचमा तुलसि, गुर्जो ,अमला , मरिच , दालचिनि, किसमिस , ल्यावाङ,अदुवा, लसुन ,चेवन प्रास टाईम टाईममा र दुई टाईम— बिहान र सुत्ने बेलामा तातो दुध बेसार । खालि समय तातै पानी मात्र पिई बसियो ।
दैनिक तिन चोटि तातोपानीको बाफ टाउको नछोपिकन -/
🎈दैनिकि बिहान बेलुका योगा अभ्यास्य कसरत
🎈औसधिमा सुरु देखिनै calcium and Vitamin D3 capsules , vitamin E capsules , Vatamin B cabsules , vitamin c capsules , paracetamol (ज्वरो आएमा टाउको, जिउ दुखेमा मात्र ) citrizin tab 10 mg (खोकि लागेमा मात्र राति १ पटक खाने ) लुज ईस्टुलिङ या पखाला भए नगर स्वास्थ शाखाको अनुसार जिबन जल र tab zinc प्रयोग गर्न सकिने रहेछ ।
🎈 जडिबुटी औसधिहरुमा अस्वगन्धा , चन्द्रप्रभा वटि , यस्टिमधु र सिलाजित दिन बिराएर तर अस्वगन्धा नियमित खादैछु।