माेरङका तीन संक्रमितको एकैदिन मृत्यु

सेयर गर्नुहोस्

धरान, असाेज ३०: मोरङमा तीन जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका तीनै जना पुरुष छन् ।

मृत्यु हुनेमा विराटनगरका २ जना छन् भने एक जना रतुवामाईका हुन् । रतुवामाई ७ सिजुवाका ४८ बर्षीय पुरुषको हिजो बिहीबार साँझ ७ः४० बजे मृत्यु भएको हो । उनलाई विराट नर्सिङ होमले भेन्टिलेटरमा राखेर उपचार गरिरहदा नै डिस्चार्ज दिएपछि घर जादै गर्दा बाटोमा नै मृत्यु भएको बताइएको छ । रतुवामाईका मेयर रविन राईका अनुसार मृतकलाई बुधबार श्वासप्रश्वास र निमोनियाको समस्या देखिएको थियो । उपचारको लागि नर्सिङ होममा भर्ना भएका ती व्यक्तिलाई कोरोना पोजेटिभ भएको रिपोर्ट बिहीबार बिहान आएको थियो ।

पोजेटिभ व्यक्तिलाई थप उपचार नगरि अस्पतालले डिस्चार्ज दिएर गल्ती गरेको मेयर राईले बताए । मृतकको दुवै मिर्गौलाले काम गर्न छोडेको, मधुमेह र दमको समस्या पनि थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको बेला अस्पतालले डिस्चार्ज गरेको मेयर राईले बताए । अस्पतालका प्रशासन प्रमुख पदम बिनाडीले भने बिरामीकै आफन्तले जबरजस्ती डिस्चार्ज गरिदिन दबाब दिएपछि डिस्चार्ज गरेको प्रष्टीकरण दिएका छन् ।

यसैगरि, विराटनगर–१० का ५१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार राति ८ बजे मृत्यु भएको छ । असोज २० गते संक्रमण पुष्टि भएका ती व्यक्तिलाई २३ गते न्यूरो अस्पताल भर्ना गरिएको थियो । मृतकलाई उच्च रक्तचापको समस्या रहेको थियो । यस्तै, विराटनगर–३ का ६५ वर्षीय कोरोना संक्रमित व्यक्तिको पनि आज शुक्रबार बिहान ३ बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनको बुधबार रिपोर्ट पोजेटिभ आएको थियो । श्वासप्रश्वासको समस्या भएपछि हिजो बिहीबार साँझ अस्पताल भर्ना