सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट आज

सेयर गर्नुहोस्

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट शुक्रबार अर्थात असोज ३० गते गर्ने तयारी भइरहेकाे छ।

इन्स्योरेन्सले असोज २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरको शेयर आज बाँडफाँट गर्ने तयारी बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले गरेको हो।

इन्स्योरेन्सको आईपीओ आज बिहान साढे ८ बजे क्यापिटलकाे कार्यालयमा गर्ने तयारी गरिएको क्यापिटलले जनाएको छ। इन्स्योरेन्सको प्रि एलटमेन्ट बिहीबार साँझ गरिएको थियो। प्रि एलटमेन्टको डाटा नेपाल धितोपत्र बोर्डमा पठाइएको र बोर्डबाट स्वीकृत भएमा आज बिहान बाँडफाँट गरिने क्यापिटलले जनाएको छ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणका लागि बाँकी २७ लाख ३० हजार कित्ता शेयर बिक्री गरिएको थियो।

यस अनुसार आवेदन दिएकामध्ये भाग्यमानी २ लाख ७३ हजार आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ८ लाख ८३ हजार ६२४ वटा आवेदन परेको थियो।