मोरङमा थप तीन कोरोना संक्रमितको मृत्यु

सेयर गर्नुहोस्
  • 28
    Shares

विराटनगर । मोरङमा कोरोना संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा एकजना र विराट मेडिकल कलेज टंकीशिनवारीमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मोरङको बुढीगंगा गाउँपालिका-५ का ७१ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको हो । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार बिहान २ः१५ बजेतिर उपचारकै क्रममा वृद्धको ज्यान गएको हो ।