दमकका ३ सय ५० बढी स्वाब होल्डमा, नगरपालिका थप ३ दिन बन्द

सेयर गर्नुहोस्

झापा, असोज २४
झापाको दमक नगरपालिकाका पदाधिकारी, कर्मचारीको पीसीआर रिर्पोट अहिलेसम्म आएको छैन । दमक नगरपालिकाका मेयर रोमनाथ ओली, वार्ड न १० का अध्यक्ष बोधराज न्यौपाने र अर्का एक वार्ड अध्यक्षमा समेत संक्रमण देखिएपछी नगरपालिकाका सबै कर्मचारी, जनप्रतिनिधीको स्वाब संकलन गरिएको थियो । ३ सय ५० बढीको स्वाब संकलन गरि मेची अस्पतालको ल्याब कोटीहोम लगिएको थियो । तर ल्याबमा धेरै स्वाब होल्डमा रहेका कारणले समेत रिर्पोट आएको छैन । त्यहाँका कर्मचारीका अनुसार पीसीआर परिक्षणका लागि चाहिने रिएजेन्ट सकिएको छ । नयाँ रिएजेन्टले मेसीनलाई सर्पोट नगरेपछी परिक्षण रोकिएको हो । दमक नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीको रिर्पोट लामो समय सम्म नआउदा अन्यौल छाएको छ । नगरपालिकाले रिर्पोट नआएसम्म असोज २७ गतेसम्म नगरपालिकाका सबै सेवा बन्द गर्ने भएको छ । नगरपालिकाले यस अघि २४ गतेसम्म मात्रै सेवा बन्द गरेको थियो । तर रिर्पोट नआएका कारणले थप ३ दिन बन्द गर्ने निर्णय गरेको हो ।