झापा, असाेज २४
झापाकाे दमकमा ४ जनामा संक्रमण देखिएकाे छ । दमकका एक महिला र तीन पुरूषमा संक्रमण पुष्टि भएकाे हाे । यस्तै अस्पतालका दुई कर्मचारीसहित झापामा शनिवार २३ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भद्रपुर ८ का ३८, ३८ र ६७ वर्षका दुई महिला र एक पुरुष, मेचीनगर २, ७, ४ र १५ नम्बर वडाका १८, ३०, ५७, २८, ४०, ४१ र ४२ वर्षका पुरुष, बिर्तामोड १ र ५ का १२, ३६, ३७, ३७, २५, ८२ वर्षका पुरुष, गौरादह ३ का ४१ वर्षका पुरुष, दमक ३, ५ रु ६ का ३५, ४०, ५३ र ५९ वर्षका एक महिला र तीन पुरुष, कनकाई ७ का २३ वर्षका पुरुष र अर्जुनधारा ८ का ३८ वर्षका पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
भद्रपुरमा संक्रमण पुष्टि भएका मध्ये दुई जना अस्पतालका कर्मचारी हुन् ।योसँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५५ पुगेको छ भने डिस्चार्ज हुनेको सङ्ख्या ८ सय ८९ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । हालसम्म सङ्क्रमणबाट १२ जनाको मृत्यु भइसकेको छ ।