मेची अस्पतालमा पीसीआरको रिएजेन्ट सकियो

सेयर गर्नुहोस्

झापा, असोज २४
झापामा कोरोना परिक्षणका गर्ने पीसीआर मेसीनको रिएजेन्ट सकिएको छ । अब बाकीँ रहेको रिएजेन्टले होल्डमा रहेका स्वाबको मात्रै परिक्षण गर्ने छ । मेची अस्पतालका प्रयोगशाला फोकल पर्सन जितेन्द्र झाका अनुसार आज सम्मको परिक्षण सकिएको छ । अब बाकीँ होल्डमा रहेका २ सय ५० जति स्वाबको परिक्षण गरिने छ, उनले भने, अब थप रिएजेन्ट नआउदा सम्म नयाँ स्वाब जाँच्न सकिने अवस्था छैन । झाले काठमाण्डौँमा अहिले प्रयोग भएको भन्दा अर्को कम्पनीको रिएजेन्ट ल्याउने भन्ने बिषयमा सल्लाह हुदै गरेको बताए । मेची अन्चल अस्पताल अन्तर्गतका दुबै प्रयोगशालामा अब पीसीआर जाँच अबरुद्ध बन्ने भएको हो ।
झाले अब होल्डमा रहेकोे स्वाब परिक्षण सकिएपछी थप परिक्षण गर्न नसकिने बताए । अब सरकारले पठाए त्यसै अनुसार काम गर्ने हो, तर अहिले तत्काल नयाँ स्वाब कलेक्सन गर्ने र परिक्षण गर्नका लागि रिएजेन्ट सकिएको छ, झाले भने, अब केही निर्णय पक्कै हुने छ । मेची अस्पताल अन्तर्गतका दुबै ल्याबमा दैनिक ५ सय वटा परिक्षण हुदै गरेको थियो ।