दमकका एक सहित ६ जुवाडे बेलबारीबाट पक्राउ

सेयर गर्नुहोस्
  • 80
    Shares

माेरङ, असाेज २४: मोरङको बेलबारीबाट प्रहरीले अढाई लाख नगदसहित ६ जना जुवाडेलाई शुक्रबार साँझ पक्राउ गरेको छ ।

बेलबारी नगरपालिका ४ गर्जुराम टोल बस्ने अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले कौडा, तास, नगद र सवारी साधनसहित ६ जना जुवाडेलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार पक्राउ पर्नेमा बेलबारी ३ मैनावारी बस्ने ४० वर्षीय रित गुरुङ, बेलबारी ११ लक्ष्मीमार्ग बस्ने ५६ वर्षीय सुजय गौतम, लक्ष्मीमार्गकै ५२ वर्षीय चन्द्र लिम्बू, झापाको दमक ५ मन्टेश्वरी टोल बस्ने ३२ वर्षीय धमेन्द्र राई, सुनसरीको ईटहरी १ हलगडा बस्ने ४७ वर्षीय प्रदिप तामाङ र धनुषाको चारनाथ गणेशमान ८ पोर्ताहा बस्ने ५० वर्षीय पर्शुराम भुजेल छन् ।

उनीहरलाई एक सेट कौडा, तीन बुक तास, नगद २ लाख ५३ हजार ,२३५ रुपैयाँ, को २ च २८१९ नम्बरको स्कापियो, एक थान मोटरसाईकल, को.२३ प १३८७ नम्बरको स्कुटीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि जुवा ऐन अन्तर्गत कार्वाही चलाउने प्रहरीले जनाएको छ ।