श्रीमती हत्याका आराेपी भण्डारीलाई फेरि ७ दिन म्याद थप

सेयर गर्नुहोस्

झापा, असाेज २४: झापाको गौरादहमा श्रीमतीको हत्याकाे आराेप लागेका भीमबहादुर भण्डारीलाई प्रहरीले फेरि ७ दिन म्याद थपेको छ । असोज १२ गते गाैरादह १ मा मनमाया भण्डारीकाे हत्या गरेकाे आरोपमा पक्राउ गरी दोस्रो पटक ७ दिने म्याद थप गरेको छ ।

बिहिवारदेखि लागु हुने गरि ७ दिने म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक राकेश थापाले जानकारी दिए । असोज १६ गते अनुसन्धानका लागि भन्दै पहिलो पटक ७ दिने म्याद थपेको थियो । घट्ना भएको दुइ साता बितिसकेको छ । तरपनि अहिले सम्म पनि प्रहरीले घट्ना अनुसन्धानकै क्रममा रहेको जनाएको छ ।

अहिलेसम्म पोष्टमार्टमको रिपोर्टको आधार, प्रहरीको अनुसन्धानले हत्याको आशंका मृतकका श्रीमान भण्डारी लाई नै गरिंदै आएको छ । प्रवक्ता थापाका अनुसार घट्ना अनुसन्धानकै क्रममा रहेकोले ७ दिनसम्म मृतक महिलाका पति सँग सोधपुछ गर्ने कार्य भइरहेको बताए । श्रोतका अनुसार बयान लिने क्रममा आरोपित भण्डारीले आफूले श्रीमतीको हत्या गरेको अस्वीकार गर्दै आएका छन् । भण्डारीकाे हत्या हथौड़ा प्रहार गरिएको दाबी प्रहरीकाे छ ।