लुम्बिनी प्रदेशका सभामुख र मन्त्रीलाई काेराेना

सेयर गर्नुहोस्
  • 5
    Shares

बुटवल, असाेज २२: लुम्बिनी प्रदेशका सभामुख पूर्णवहादुर घर्ती र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण देखिएको छ । 

सभामुख घर्तीले ज्वरो आएकाले कोरोना परीक्षण गर्दा संक्रमण देखिएको बताएका छन् । उनले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्क रहन अपिल समेत गरेका छन् । त्यस्तै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीमा पनि कोरोना संक्रमण देखिएको उनको नीजि सचिवालयले जनाएको छ ।