प्रदेश १ मा एकैदिन ६ संक्रमितकाे मृत्यु

सेयर गर्नुहोस्
  • 14
    Shares

विराटनगर, असाेज २४
विराटनगरमा शुक्रबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । याे सँगै प्रदेशमा एकै दिन ६ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे हाे ।

होम आइसोलेसनमा बसेकी विराटनगर १२ बखरीकी ५५ वर्षीया महिलालाई थप उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा पर्याएको केही समयपछि मृत्यु भएको हो ।

नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार श्वासप्रश्वासमा अचानक समस्या भएपछि महिलालाई सिटी सफारीमा राखेर थप उपचारका लागि अस्पताल ल्याइएको थियो ।

आइसोलेसनमा भर्ना गर्नका लागि आकस्मिक कक्षमा पुर्याएको केही बेरमै संक्रमितको दिउँसो ४ः३० बजेतिर मृत्यु भएको दाहालले बताए ।

महिलालाई कोरोनासँग मिल्ने लक्षण देखिएपछि कोशी अस्पतालमा परीक्षण गर्दा बिहीबार पोजेटिभ रिपोर्ट आएको थियो । कोरोना पुष्टि भएपछि ‘होम आइसोलेसन’मै बसेकी थिइन् ।

मृतक महिलामा मधुमेह र बाथको पुरानो समस्या रहेको बताइएको छ । योसहित शुक्रबार प्रदेश १ मा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। यसअघी नोबेलमा दुई जना, कोशी अस्पतालमा एक जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जनाको मृत्यु भएको थियो ।