IPL:राजस्थानलाई ४६ रनले सहजै पराजित गर्दै दिल्ली अंकतालिकाको शिर्षस्थानमा

सेयर गर्नुहोस्

राजस्थानलाई ४६ रनले सहजै पराजित गर्दै दिल्ली क्यापिटल्स आईपीएल अंकतालिकाको शिर्षस्थानमा उक्लेको छ। पहिलो २ खेलमा जित पछि राजस्थानको यो लगातार चौथो हार हो। दिल्लीले भने हैदरावादसंग हारपछि लगातार तेश्रो जित दर्ता गरेको हो।  ( अंकतालिका सबैभन्दा तल ) 

शारजाहमा सम्पन्न खेलमा दिल्लीले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले १९.४ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो।

राजस्थानको लागि राहुल तेवतियाले सर्वाधिक ३८, यसस्वी जैसवालले ३४, स्टिभ स्मिथले २४, जोस बटलरले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

स्टिभ स्मिथको क्याच लिंदै हेटमायर

ओपनर जोस बटलर तेश्रो ओभरमा रभीचन्द्रनबाट क्याच आउट भए पछि जैसवाल र कप्तान स्मिथले दोश्रो विकेटको लागि ४१ रनको साझेदारी गरे। नवौं ओभरमा स्मिथलाई एनरिक् नोर्कियाले क्याच आउट गराए। त्यसपछि मार्कस स्टोइनिसले ११ औं ओभरमा सन्जु स्यामसन ( ५ ) लाई क्याच आउट गराए। महिपाल लोमोरोर ( १ ) लाई आश्विनले ११ औं ओभरमा क्याच आउट गराए। लगत्तै ओभरमा जैसवाललाई स्टोइनिसले बोल्ड गरे। त्यसपछि राजस्थान खेलमा फर्कन सकेन। अन्तिममा राहुल तेवतियाले केहि आक्रामक सटहरु खेलेता पनि जितको अन्तर कम गर्न मात्र सके। अन्तिम ओभरमा तेवतियालाई रबाडाले बोल्ड गरे।

दिल्लीको बलिंगमा कागीसो रबाडाले सर्वाधिक ३ विकेट ( ३.४-०-३५३ ) लिए।  रभीचन्द्रन आश्विन ( ४-०-२२-२ ) , कागी मार्कस स्टोइनिस ( २-०-१७-२ ) ले समान २ विकेट लिए। एनरिक् नोर्किया ( ४-०-२५-१ )  हर्षल पटेल ( ४-०-२९-१ ) , अक्षर पटेल ( २-०-८-१ ) , कागीसो रबाडा ( ३-०-३३-१ ) ले समान १ विकेट लिए।

आश्विनले २२ रन खर्चेर २ विकेट लिए

दिल्लीको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएको थियो।

दिल्लीको लागि शिमरन हेटमायरले सर्वाधिक ४५ रन बनाए जुन क्रममा २४ बलमा १ चौका र ५ छक्का हिर्काए। मार्कस स्टोइनिसले ३० बलमा ४ चौका प्रहार गर्दै ३९ रन बनाए। श्रेयस ऐयरले २२, पृथ्वी शले १९, श्रेयस ऐयरले १७ तथा हर्षल पटेलले १६ रन बनाए।

सुरुवात राम्रो गर्न नसकेको दिल्लीले नियमित अन्तरलमा विकेट गुमायो। ५ रन बनाएका शिखर धवन दोश्रो ओभरमा जोफ्रा आर्चरबाट क्याच आउट भए। त्यसपछि पृथ्वी श र कप्तान श्रेयस ऐयर बीच ३० रनको साझेदारी भयो। पाँचौ ओभरमा आर्चरले पृथ्वीलाई आफैले क्याच गर्दै दोश्रो शिकार बनाए। लगत्तै ओभरमा कप्तान श्रेयस ऐयरलाई यसस्वी जैसवालले रन आउट गरे। रिशभ पन्त पनि ९ बलमा ५ रन बनाएर दशौँ ओभरमा रन आउट हुँदा दिल्ली ७९/४ को अवस्थामा पुग्यो।

शिमरन हेटमायरले सर्वाधिक ४५ रन बनाए।

स्टोइनिस र हेटमायरले पाँचौ विकेटको लागि ४० रनको साझेदारी गरे। १४ औं ओभरमा स्टोइनिसलाई राहुल तेवतियाले स्टिभ स्मिथ बाट क्याच आउट गराउदै पुनः टिमलाई खेलमा फर्काए।

त्यसपछि हेटमायरले हर्षल पटेलसंग छैठौं विकेटको लागि ४० रनको साझेदारी गरे। अर्धशतकबाट ५ रन नजिक पुगेका हेटमायर छक्का हिर्काउने प्रयासमा १७ औं ओभरमा कार्तिक त्यागिबाट क्याच आउट भए।त्यसपछि हर्षल र अक्षर पटेलले १३ बलमा ३१ रनको साझेदारी गरे। अक्षर १९ औं ओभरमा एन्ड्रु टाईबाट क्याच आउट भए।

राजस्थानको बलिंगमा जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २४ रन खर्चिए।आर्चरले पृथ्वी श, शिखर धवन र हर्षल पटेलको विकेट लिए। एन्ड्रयु टाई ( ४-०-५०-१ ) , राहुल तेवतिया ( ४-०-२०-१ ) र कार्तिक त्यागि ( ४-०-३५-१ ) ले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच रभिचन्द्रन आश्विन चुनिए।

अंकतालिका र आगामी खेल 

जितपछि दिल्ली मुम्बईलाई पछि पार्दै पुनः अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। १० अंक बटुल्ने क्रममा ६ खेलमा दिल्लीको ५ जित र १ हार रहेको छ। ८ अंक सहित मुम्बई दोश्रो स्थानमा पुगेको छ। समान ६ अंक रहेको हैदरावाद, कोलकाता र बैंगलोर क्रमशः तेश्रो, चौथो र पाँचौ स्थानमा रहेको छ।

हारपछि राजस्थान सातौँ स्थानमा यथावत रहेको छ। ६ खेलमा २ जित र ४ हार पछि राजस्थानको ४ अंक रहेको छ। समान अंक रहेको चेन्नाई छैठौं स्थानमा छ। २ अंक रहेको पन्जाब अन्तिम स्थानमा छ।

लिग अन्तर्गत दिल्लीले आगामी खेल आइतबार मुम्बई इन्डीएन्ससंग खेल्नेछ। राजस्थानले पनि आइतबार सनराइजर्स हैदरावादसंग खेल्ने तालिका रहेको छ।

भोलि शनिवार दुई वटा खेलहरु हुनेछन्। पन्जाब र कोलकाता बीच पहिलो खेल ३:४५ बजे सुरु हुनेछ। चेन्नाई र बैंगलोर बीच दोश्रो खेल ७:४५ बजे सुरु हुनेछ।