गायिका नेहा कक्कडको विवाह आगामी अक्टोबर २४ मा

सेयर गर्नुहोस्

नयाँदिल्ली : गायिका नेहा कक्कडको विवाहको खबरले बलिउडको बजार पछिल्लो समय तातेको छ ।इन्डियन आइडल प्रतिस्पर्धाको क्रममा आदित्य झासँग उनको नाम जोडेर गस्सिप बनाइए पनि नेहा आफैँले भने गायक रोहनप्रित सिंहसँगको तस्बिर सार्वजनिक गर्दै धेरैलाई चकित तुल्याइदिएकी छन् ।

भारतीय मिडियाका अनुसार अचेल पन्जाबी गायक रोहनप्रितसँग नै उनको विवाहको खबर आउन थालेको छ । रोहनप्रितसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै नेहाले आफ्नो सम्बन्धबारे खुलेर लेखेकी छन् ।

नेहाले इन्स्टाग्राममा एक तस्बिर राख्दै उनले लेखेकी छन्, ‘तिमी मेरो हो’ । यस्तो क्याप्सनसहित नेहाले दुईजनाको नामबाट ‘नेहुप्रित’ ह्यास्ट्याग समेत गरेकी छन् । मिडियामा आएका खबर अनुसार नेहा र रोहनले दिल्लीमा आगामी अक्टोबर २४ मा विवाह गर्नेछन् । नेहा इन्डियन आइडलको जजसँगै बलिउडमा रुचाइएकी लोकप्रिय गायिका हुन् ।

You’re Mine @rohanpreetsingh ♥️😇#NehuPreet 👫🏻

Posted by Neha Kakkar on Thursday, October 8, 2020