सेयर गर्नुहोस्
झापा, असाेज २२
झापामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार आज थप २५ जनामा संक्रमण देखिएको छ । झापामा १ हजार ३ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएका मध्ये ७ महिला र १८ पुरुष रहेका छन् ।
कोभिड १९ फोकल पर्सन जिवन चम्लागाइका अनुसार भद्रपुर, मेचीनगर, बिर्तामोड र बाह्रदशीका संक्रमित थप भएका हुन् । भद्रपुरमा ५जना थुनुवा, १ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको छ । मेचीनगरमा १० जना, भद्रपुरमा १० जना, बिर्तामोडमा एक स्वास्थ्यकर्मी सहित ४ जनामा संक्रमण देखिएको हो । यस्तै बाह्रदशीका एक जनामा संक्रमण देखिएको चम्लागाइले जनाए । झापामा अहिले १४४ संक्रिय संक्रमित छन भने ११ जनाको मृत्यु भइसकेको छ ।