झापा, असाेेेज २२: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत दमकका एक पुरुषको मृत्युु भएको छ । असाेज १८ गते भर्ना भएका उनमा काेभिड देखिएको थियोे । यस्तै धरान ८का कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुने दुवै पुरुष छन् । प्रतिष्ठानका अनुसार धरान ८ का ४६ बर्षीय पुरुषको बुधबार दिउँसो २ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । तर, उनको मृत्युको औपचारिक जानकारी भने आज बिहिबार राती मात्र प्रतिष्ठानले दिएको हो । उनलाई पहिलादेखि नै उच्चरक्तचाप थियो । उनलाई मंगलबार कोभिड पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।
यस्तै, दमक ९ का ५२ बर्षीय पुरुषको आज बिहान ३ बजेर २० मिनेटमा मृत्यु भएको हो । मृतक असोज १८ गते प्रतिष्ठानमा भर्ना भएको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनलाई १८ गते नै कोभिड पुष्टि भएको थियो ।