सेयर गर्नुहोस्
झापा, असाेज २१:जिल्ला समन्वय समिति झापाका प्रमुख साेमनाथ पाेर्तेलमा काेराेना संक्रमण देखिएको छ । उनलेे फेसबुकमा स्टाटस लेख्दै संक्रमण पुष्टि भएको जनाएका छन् । उनी जिल्लामा काेराेना संक्रमण देखिने उच्च पदस्थ जनप्रतिनिधि हुन् । यश अघि दमकका मेयर राेमनाथ ओलीमा संक्रमण पुष्टि भएको थियोे । प्रमुख पाेर्तेल हिजो सम्म सार्वजनिक कार्यक्रममा सहभागी थिए । उनलेे सम्पर्कमा रहनेलाई सचेत रहन अपिल गरेकाा छन् ।