हात्तीपीडित परिवारलाई संरक्षण कोषको सहयोग

सेयर गर्नुहोस्
  • 12
    Shares

झापा, असाेज २१
हात्तीको आक्रमणमा परेर ज्यान गुमाएका झापाको कमल गाउँपालिका-५ का रोहित रेग्मीको परिवारलाई राहत रकम प्रदान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको तर्फबाट राहतस्वरुप ५० हजार रुपैयाँ रेग्मीकी श्रीमती निर्मलालाई हस्तान्तरण गरिएको हो ।

काेषका संरक्षण अधिकृत बीरेन्द्र गौतम र डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले रेग्मी परिवारलाई राहत रकम हस्तान्तरण गरेका हुन् । साउन २३ गते राति आएको हात्तीले आक्रमण गर्दा रेग्मीको घटनास्थलमै मृत्यु भएको थियो ।

हात्ती आक्रमणमा मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ राहत दिने भनिएपनि ५० हजार मात्रै पाएको निर्मलाले बताइन् ।