सेयर गर्नुहोस्
झापा, असाेज २१
रोजगारीको प्रलोभन देखाएर भारततर्फ लैजान लागिएका तीन जना युवतीको उद्धार गरिएको छ । माइती नेपाल र प्रहरीको संयुक्त टोलीले काँकडभिट्टा नाकाबाट उद्धार गरेको हो ।
भारतको पानीट्यांकीमा काम लगाइदिने बहाना बनाएर आफ्नै साथीले बोलाएपछि आफूहरु जान लागेको उनीहरुले बताएका छन् । सुनसरी, गोरखा र झापाका युवतीलाई तत्काल उद्धार गरि माइती नेपालको कार्यालयमा राखिएको छ ।
माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले कोरोना महामारीका बेलामा पनि मानव तस्करहरु सीमावर्ती क्षेत्रमा सक्रिय रहेको बताए । यसअघि बन्दाबन्दीका बेलापनि माइती नेपालले भारतका विभिन्न क्षेत्रबाट नेपाली महिलाको उद्धार गरी स्वदेश फर्काएको थियो ।