धरानका संक्रमितको निधन

सेयर गर्नुहोस्
  • 8
    Shares

धरान, असाेज २०: आज बिहानै धरान वडा नं ३ का एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा ६४ बर्षीय वृद्धको बिहान ४ बजेर २० मिनेटमा मृत्यु भएको हो । सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मृतकलाई मधुमेह थियो भने विगतमा टिबि पनि भएको थियो । उनको असोज १२ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । सोही दिन उनलाई कोडिभ अस्पतालमा भर्ना गरिएको थियो ।