जनरल इन्स्योरेन्स (GIC) को आईपीओ आज बाँडफाँड हुने

सेयर गर्नुहोस्

जनरल इन्स्योरेन्स (GIC) को आईपीओ (असाेज २० गते, मंगलबार बाँडफाँड हुने भएको छ। कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँड हुने जनाएको हो।

कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले मंगलबार बिहान १०ः३० बाँडफाँड हुने जनाएको छ। आइताबार साँझ प्रिअलटमेन्टको सम्पूर्ण काम सकिसकेको छ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए।

कम्पनीको आईपीओ करिब ८ गुणा बढी आवेदन परेको छ। शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाउनेछन् भने बाँकि आवेदकको हात खालि हुनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।