झापा, असाेज १९: बिर्तामाेडमा मुख्य कार्यालय रहेकाे सिम्रिक सहकारी संस्थाकाे अध्यक्षमा सुवास भट्टराई निर्वाचित भएका छन् । उनी यस अघि सचिव थिए । निर्वाचन समितिका संयोजक डिल्ली दाहालका अनुसार अध्यक्ष, उपाध्यक्ष र सचिवका लागि एक–एकजनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदमा तीनजनाले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी, पाँच जना सञ्चालक सदस्यका लागि पाँच वटामात्र मनोनयन परेको छ भने लेखा सुपरीवेक्षण समितिमा पनि तीन जनाको मात्र मनोनयन दर्ता भएको दाहालले बताए । निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत दाहालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाइएको थियो ।
यसरी नै उपाध्यक्षमा किरण कपुरीले निरन्तरता पाउने भएका छन् भने सचिवका लागि सञ्चालक सदस्य इन्द्रबहादुर कार्कीको मात्र मनोनयन दर्ता भएको छ । संस्थाको कोषाध्यक्षमा हरिप्रसाद कडरिया, मेहरमान विष्ट र टंककुमार (प्रकाश) बस्नेतको मनोनयन दर्ता भएको निर्वाचन समितिका संयोजक दाहालले बताए ।
यसैगरी सञ्चालक सदस्यहरुमा प्रकाश भट्टराई, शशिकला मुखिया, चन्द्रकला भट्टराई सुवेदी, लीला अधिकारी मुखिया र नविन योगी सर्वसम्मत भएका छन् । लेखा सुपरीवेक्षण समितिमा संयोजक रमेश अधिकारीसहित सदस्यहरु मिनप्रसाद गुरागाईं र ओमराज राई सबैले निरन्तरता पाउने निश्चित भएको छ ।