तेह्रथुमका संक्रमित युवाकाे धरानमा मृत्यु

सेयर गर्नुहोस्
  • 18
    Shares

धरान, असाेज १९
तेह्रथुमका एक कोरोना संक्रमित युवाको उपचारको क्रममा मृत्यु भएको छ ।

तेह्रथुमको म्याङ्लुङ १ का ३१ बर्षीय युवाको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उनको मृत्यु भएको हो । ती युवाको आज बिहान ९ बजेर ३० मिनेटमा मृत्यु भएपनि प्रतिष्ठानले आज साँझ मात्र औपचारिक जानकारी दिएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा.अशिष श्रेष्ठका अनुसार मृतकलाई मृगौलाको गम्भीर समस्या थियो भने मेटाबोलिक एसिडोसिस पनि भएको थियो । मृतकलाई हिजो आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई आज मेडिसिन वार्डबाट कोडिभ अस्पतालमा सिफ्ट गरिएको थियो ।