हल्दीबारीका कर्मचारीले पाएनन् तलब, भोलीदेखि काम ठप्प पार्ने

सेयर गर्नुहोस्

झापा, असाेज १९
झापाको हल्दीबारी गाउँपालिकाका कर्मचारी आन्दोलित बनेका छन् । साउन यता तलब भुक्तानी नपाएको विरोधमा प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन् । हल्दीबारी गाउँपालिकाको असार १० मा भएको सभामा तोडफोड भएपछी हल्दीबारीको बजेट पारित हुन सकेको छैन् । पटक पटक मौखिक लिखित माग गरेपनि माग सुनुवाइ नभएपछी मंगलबारदेखि काम ठप्प पार्ने चेतावनी कर्मचारीले दिएका छन् । कर्मचारीले असोज ७ गते समेत लिखित अनुरोध गरेका थिए । तर मागको सुनुवाइ नभएपछी आन्दोलनमा उत्रनुपरेको आलेप हेमराज बनले जानकारी दिए । उनले जोखिमका समयमा काम गर्ने कर्मचारीलाई प्रोहत्सान गर्नुपर्नेमा तलब भत्ता नै नदिनु दुखद भएको उल्लेख गरे ।

कर्मचारीकाे ज्ञापनपत्र


गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन र उपाध्यक्ष डम्बर गिरी पक्ष विच विवाद हुदा हल्दीबारीको काम काज प्रभावित हुदै आएको छ । दुइ पक्ष विच विवाद समाधान हुन नसक्दा कर्मचारीले तलब नपाएका हुन् । हल्दीबारीमा ९४ जना कर्मचारी छन् । ती मध्ये स्वास्थ्य तर्फ २४, निजामती तर्फ २४, करार तर्फ ४६ जना छन् । यस्तै २ सय ४५ जना शिक्षक कर्मचारीले समेत तलब पाएका छैनन ।