विरामी र कुरुवालाई खाना बाड्दै डाक्टर

सेयर गर्नुहोस्
  • 27
    Shares

विराटनगर, असाेज १९
स्त्री रोग तथा प्रसुति विशेषज्ञ डा.बालकृष्ण साह जब साँझ ५ बज्छ हरेक दिन विरामीको उपचार छाडेर कोशी अस्पताल पुग्छन । त्यहाँ आफ्नै हातले विरामी कुरुवाहरुलाई खाना वितरण गरेर उनी फर्कन्छन । एक महिनादेखि आफ्ना सहयोगी स्वास्थ्यकर्मीहरुसँगै यसैगरि उहाँले उपचारसँगै खाना वितरण गरिरहेका छन ।

डा.साह मात्र हैन कोभिड–१९ महामारीको बेला आ–आफ्ना अस्पताल र क्लिनिक तथा औषधी पसलहरुमा फ्रन्टलाइनमा रहेर खटिँदै आएका विराटनगरका स्वास्थ्यकर्मीहरु आजकल ‘लायन्स हेल्थ प्रोफेसनल क्लबमा’ आवद्ध भएर विरामीको उपचारसँगै खाना खुवाउने सेवामा लागिरेरहेका छन् ।

सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीका कुरुवाहरुलाई महामारीले गर्दा खाना खान अझै समस्या भैरहेकोले आफूहरु उपचारसँगै खाना खुवाउने सेवामा पनि लागिपरेको विराटनगर महानगरपालिका कोभिड इञ्चार्ज हैदर अलीले बताए । उनका अनुसार दशैको घटस्थापनासम्म कोशी अस्पतालका विरामी र कुरुवाहरुलाई खाना खुवाउने हेल्थ प्रोफेसनल क्लबको योनजा छ ।

घटस्थापनासम्म खाना पकाउन विराटनगरको रोयल विरयानी हाउससँग सम्झौता भइसकेको क्लबले जनाएको छ । लायन्स हेल्थ प्रोफेसनल क्लबमा विराटनगरका २५ जना स्वास्थ्यकर्मीहरु सदस्य छन् । क्लबमा ५ जना डाक्टर, २ जना जनस्वास्थ्य विज्ञ, ३ जना औषधी व्यवसायी र अन्य प्राविधिक तथा स्वास्थ्य सहायकहरु छन् ।

क्लबका सदस्यहरु सबै हरक साँझ आलोपालो साँझ कोशी अस्पतालमा एक सय जनालाई खाना बाढ्न पुगिरहेका छन् । अध्यक्ष अलीका अनुसार खानामा लाग्ने खर्च उनीहरु आफैले जनही वेहार्ने र केही दाताहरुसँग समन्वय गेरेर जुटाइरहेका छन् । अध्यक्ष अलीका अनुसार हेल्थ प्रोफेसनल क्लबले महामारीका बेला पत्रकार, स्वास्थ्यकर्मी र विज्ञहरुको भूमिका कस्तो हुनपर्छ भनेर नियमित अन्तक्र्रिया पनि गरिरहेको छ ।