बिर्तामोडका संक्रमितकाे मृत्युु

सेयर गर्नुहोस्
  • 51
    Shares

झापा, असाेज १९: झापाको बिर्तामोडका एक जना बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उपचारका लागि विराटनगर लगिएका बिर्तामोड–५ का बृद्धको मृत्यु भएको हो ।

ज्वरो र छातीमा समस्या भएर विराटनगर लगिएका ती बृद्धको असोज १८ गते स्वाब संकलन गरिएको थियो । गएराति ११ बजे उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको हो । मृत्यु भएपछि ती बृद्धमा संक्रमण पुष्टि भएको छ । मृत्युपछि ती बृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । जातिय परम्परा अनुसार नेपाली सेनाको सहयोगमा उनको दाह संस्कार गर्ने तयारी भएको छ । कनकाईमा शव जलाउने निर्णय भएको सुरक्षा स्रोतले जनाएको छ ।